नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
परियोजना कार्यान्वयन एकाइ
गमगढी ,मुगु
निर्वाहमुखी कृषि क्षेत्रलाई व्यावसायिक प्रतिस्पर्धी र सम्मानजनक व्यवसायको रुपमा विकास गरी रोजगारीको अवसर सिर्जना र देशको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनु आजको आवश्यकता हो । कृषि पेशालाई व्यवसायिक र औधोगिकिकरणमा रुपान्तरित गर्दै गरिबी न्युनिकरणको राष्ट्रिय लक्ष्य पुरा गर्नका लागि सबै क्षेत्रले जोड दिनुपर्ने देखिन्छ । खाद्यान्न र उच्चमूल्य पर्ने नगदे बालीहरुको क्षेत्रफल उत्पादन र उत्पादकत्व आवश्यकता अनुरुप बृद्धि हुन नसक्नुले कृषि बस्तुहरुको आयातमा दिनानुदिन बढोत्तरी हुदै गईरहेको र निर्यातको आयतन खुम्चदै जादाँ देशको कुल व्यापार घाटा असन्तुलित रुपमा बढी रहेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि उत्पादनको लागि आवश्यक प्रविधि तथा उत्पादन सामाग्रीको व्यवस्था गर्ने बालीवस्तु उत्पादनमा यान्त्रिकरण गर्ने प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारहरुको व्यवस्था मिलाउने देशका विभिन्न क्षेत्रहरुलाई विशिष्टिकृत बालीहरुको लागि विशिष्टिकृत क्षेत्र तोकी बालीको व्यवसायिकरण विविधिकरण र आधुनिकिकरण मार्फत आर्थिक विकास गर्ने उदेश्यका साथ संघिय सरकार अन्तरगत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई आ.व २०७६/०७७ बाट मुगु जिल्लामा सक्रिय रूपमा कार्यान्वयनमा रहेको छ । यस इकाई कार्यालयको विधिवत् उद्घघाटन प्रमूख जिल्ला अधिकारी श्री जय कुमार घिमिरे ज्यूको प्रमूख आतिथ्यमा मिति २०७६ साल श्रावण १ गतेका दिन भएको हो । जिल्लाको छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर ९ मुर्मा गाउँलाई सिमी जोन तोकि सिमी बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ परियोजना कार्यान्वयन ईकाइ सिमी जोन गमगढी, मुगु क्रियासिल रहेको छ भने आ.व. २०७७/०७८ बाट छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर ४,७,८,१०,११ र १२ र मुगम कार्मारोङ गाउँपालिकाको वडा नम्बर ४,५,६,७,८ र ९ मा समेत सिमी जोन क्षेत्र लागु भइ जिल्लाको २ वटा स्थानीय तहको १३ वटा वडाहरुमा सिमी जोन लागु भएको छ ।त्यसै गरी मुगु जिल्लामा कृषकहरूको स्याउ खेति तर्फ आकर्षण बढेकोले आ.व २०७८ सालबाट सिमी जोनका साथै स्याउ जोनपनि मुगु जिल्लामा सक्रिय रूपमा कार्यान्वयनमा रहेको छ । यस इकाईको कार्यालय मुगु जिल्लाको सदरमूकाम छायाँनाथ रारा नगरपालिका, वडा नम्बर २ गमगढी बजारको न्यूरोडमा रहेको छ ।